एभरटन दोस्रो स्थानमा उक्लियो - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 26, 2020

एभरटन दोस्रो स्थानमा उक्लियो

 १२ पुस, काठमाडौं । शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभरटन प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । गिल्फ सिगुरसनको एकमात्र गोल मद्दतमा एभरटनले शेफिल्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो ।

एभरटनलाई ३ अंक दिलाउन ८०औं मिनेटमा सिगुरसनले अबदाउले डेकेरोको पसामा निर्णायक गोल गरे ।

जितपछि १५ खेलबाट २९ अंक जोड्दै एभरटन दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २८ अंक रहेको लेस्टर सिटी तेस्रोमा झरेको छ । १४ खेलबाट २७ अंक जोडेको म्यानचेष्टर युनाइटेड चौथो स्थानमा छ ।

१५ खेलसम्म जितविहिन रहेको शेफिल्ड भने जम्मा २ अंकसहित अंकतालिकाको पुछारमा अर्थात २०औं स्थानमा छ ।

यस्तै न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी पाँचौ स्थानमा उक्लेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको १४औं मिनेटमा इकाए गुन्डागोनले गोल गरर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा फेरान टोरेसले सिटीको दोस्रो गोल गरेका थिए । सिटीले १४ खेलबाट २६ अंक जोडेको छ । १४ खेलबाट १८ अंक रहेको न्यूकासल १२औं स्थानमा छ ।

यसैगरी १० खेलाडीमा रहेर पनि क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको एस्टनभिल्ला १३ खेलबाट २५ अक जोड्दै छैटौं स्थानमा उक्लेको छ ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages