‘डीआईजी’ सा’बको मिठाइमा नङ भेटिएपछि आँगन स्वीट्समा छापा - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

‘डीआईजी’ सा’बको मिठाइमा नङ भेटिएपछि आँगन स्वीट्समा छापा

 १४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्‍यो ।

बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए ।

बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले । तर, एउटा मिठाइमा मान्छेको नङ फेला परेपछि उनले तुरन्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई खबर गरे ।

सिंहले तत्कालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसमेतको सहकार्यमा मिठाइ पसलमा छापा हाने । घटनामा मिठाइ पसल सञ्चालक प्रकाश डोटेल पक्राउ परेका छन् ।

थप अनुसन्धान भइरहेको सिंहले अनलाइनखबरलाई बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages