डोटीमा जिप दुर्घटना, वडासचिवसहित ३ जनाको मृत्यु - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 5, 2020

डोटीमा जिप दुर्घटना, वडासचिवसहित ३ जनाको मृत्यु

 



२१ मंसिर, कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नाराण्ण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले बताए ।

अर्का एकजना मृतकको सनाखत हुन नसकेको उनले बताए ।

डोटीको दिपायलबाट बोगटान फुड्सिल आउँदै गरेको जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages