ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर

 वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ अर्ब डलरको राहत प्याकेजसम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् । एक साताअघि नै संसद्ले विधेयक पारित गरे पनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाइ गरेका थिए ।

फाइल फोटो : रोयटर्स

रिपब्लिकन र डेमोक्रयाट दुवै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुवै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।

कोरोना भाइरसका कारण उत्पन्न संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको यो दोस्रो विधेयक हो । यसअघि करिब २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।

पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौं अमेरिकी संघीय कार्यालयहरु बन्द हुने थिए ।

‘मैले यो विधेयकमा हस्ताक्षर गरिदिएको छु । यसबाट बेरोजगारी भत्ता, साना व्यवसायका लागि घरभाडा, व्यक्तिगत खातामा नगद सहयोग, हवाई सेवाका कर्मचारीलाई पुन: काममा फर्कन तथा खोप वितरणका लागि थप रकमको व्यवस्था गर्न मद्दत पुग्नेछ,’ फ्लोरिडास्थित आफ्नो रिसोर्टमा क्रिसमसको छुट्टी मनाइरहेका राष्ट्रपति ट्रम्पले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलेसमेत दुबै सदनद्वारा पारित आमसहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्प समक्ष आग्रह गर्दै आएका थिए । त्यस्तै रिपब्लिकन सिनेटर मिट रोम्नीले पनि राष्ट्रपति ट्रम्पले विधेयकमा हस्ताक्षर गरेकामा आफू निकै खुसी भएको बताएका छन् ।

एक ट्वीटमा रोम्नीले विधेयक स्वीकृत भएसगै अमेरिकी श्रमिक, परिवार र साना व्यवसायीले निकै राहत महसुस गर्ने जनाए । यसअघि आइतबार उनले राष्ट्रपति ट्रम्पमाथि विधेयक तत्काल स्वीकृत गर्न वा भिटो प्रयोग गर्न चेतावनी दिएका थिए ।

राष्ट्रपति ट्रम्पले विधेयक स्वीकृत गर्ने क्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६०० अमेरिकी डलरको साटो १८०० डलर दिनुपर्ने आफ्नो पूर्ववत् अडान यथावत् रहेको दोहोर्‍याएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages