सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Thursday, December 24, 2020

सल्लाहकार सुवेदीले पनि छाडे बादलको साथ

 ९ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले बिहीबारदेखि आफूले बादलसँगको साथ छाडेको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले बादलको सचिवालय र उनको राजनीतिक सल्लाहकारको भूमिकामा आजैदेखि राजनीतिक र नैतिक दृष्टिले नरहेको उल्लेख गरेका छन् ।


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद बढ्दै गएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै बैठक राख्न थालेका छन् । यस क्रममा केही दिन कुनै समूहमा पनि नजाने भनी मौन रहेका बादल बिहीबार भने ओली समूहको बैठकमा सहभागी भएका छन् ।

बादल ओली समूहको बैठकमा सहभागी भएको केहीबेरमै पथिकले फेसबुकमार्फत बादलको साथ छोडेको जानकारी गराएका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages