नियम कसका लागि ? [तस्बिरहरू] - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Tuesday, December 29, 2020

नियम कसका लागि ? [तस्बिरहरू]

 काठमाडौँ — काठमाडौंको भद्रकालीमा सडक वारपार गर्न आकाशे पुल छ । तर मानिसहरु भने आकाशे पुलको तलबाट ज्यानै जोखिममा पारेर बाटो काटिरहेका हुन्छन् ।

सोमबार पनि सधैँजस्तै दृश्य देखियो भद्रकालीको सडकमा । सडक छेउको रेलिङ नाघ्दै बाटो काटिरहेका थिए सर्वसाधारण र प्रहरी ।

सडक वारपार गर्न नजिकै आकाशे पुल भए पनि सवारी आवागमनको चाप रहने सडक जथाभावी पार गर्दै प्रहरीले नै रेलिङ नाघ्ने गर्दा सर्वसाधारण झन् लापरबाह देखिन्छन् । नियम पालना गराउनेले नै जथाभावी बाटो काटेपछि सर्वसाधारणले उनीहरुकै सिको त गर्ने भए नै । आखिर नियम कसका लागि ?


No comments:

Post a Comment

Post Bottom Ad

Pages