भरतपुर अस्पतालमा आँखा उपचार सेवा सुरु हुँदै - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, December 25, 2020

भरतपुर अस्पतालमा आँखा उपचार सेवा सुरु हुँदै

 ११, पुस, चितवन । चितवनको भरतपुर अस्पतालमा आँखा रोग उपचार सेवा सुरु हुने भएको छ ।

अस्पतालका अनुसार यहीँ पुस महिनाभित्र आँखाको उपचार सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक पर्ने सामाग्रीहरु किन्ने प्रकृया सुरु भैसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।


अस्पतालमा आँखा उपचार सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयले छात्रवृति कोटामा दुईजना चिकित्सकलाई भरतपुर अस्पतालमा पठाइसकेको छ ।

अस्पतालका मेसु डा. तिवारीले सुगर, प्रेसर लगायतका बिरामीको आँखाको सामान्य उपचारमा समेत बाहिर पठाउनुपर्ने भएकोले आँखा सेवा सुरु गर्न लागिएको बताए ।

‘केन्द्रीय अस्पताल भएकाले सबै सेवा अस्पताल भित्र नै हुनुपर्दछ, बाहिर बिरामीलाई पठाउँदा पनि दुःख भएको थियो’ मेसु डा. तिवारीले भने, ‘अहिले साधारण सेवाबाट सुरु गछौं, पछि विशिष्ट सेवा दिन्छौं ।’

भरतपुर अस्पतालकै जमिनमा भरतपुर आँखा अस्पतालले आँखाको उपचार दिँदै आएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages