कोभिड-१९ को कारणले निर्वाचन खर्च झनै बढ्ने - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Saturday, December 26, 2020

कोभिड-१९ को कारणले निर्वाचन खर्च झनै बढ्ने

 १२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च बढ्ने आयोगले प्रक्षेपण गरेको हो ।


निर्वाचनको घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन लागि आवश्यक बजेट तयार पार्नको लागि गृहकार्य अगाडि बढाएको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक अन्य सामग्रीहरु बजार मूल्य पनि बढेको र कोभिड-१९ कारण थप स्वास्थ्य सामाग्रीहरु बढने भएकाले बजेटको आकार बढ्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइखबरसँग भने,’कोभिडका कारण सामाजिक दुरी कायम गरेर निर्वाचन गर्नुपर्ने र मतदान केन्द्रमा स्वास्थ्य सामग्रीहरु पनि खरिद गर्नुपर्ने भएकाले त्यो अतिरिक्त खर्च हुनेछ ।’

तीन वर्ष अगाडि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदा सात अर्ब ७५ कोरो ९५ लाख रुपयाँ खर्च भएको थियो ।


No comments:

Post a Comment

Post Bottom Ad

Pages