संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु] - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Sunday, December 27, 2020

संसद् विघटनविरुद्ध काठमाडाैंमा जसपाकाे प्रदर्शन [तस्बिरहरु]

 काठमाडौँ — संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे छ । 


काठमाडाैंकाे शान्तिवाटिकाबाट सुरु भएकाे र्‍याली पुतलीसडक, पद्माेदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर सभा हुने जसपाले जनाएकाे छ ।


जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।


जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाे थियाे ।


पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्नी सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए ।



No comments:

Post a Comment

Post Bottom Ad

Pages