नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला - Charchit Entertainment!

चर्चित समाचार

Youtube Channel

https://www.youtube.com/channel/UCM-VPu4xPMLX2R2PKO7KIEg

Friday, December 25, 2020

नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

 ११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् ।


साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् ।

चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।

जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages