प्रकाश जैशिको निर्देशनमा बन्न लागेको वेव सिरिज कायरको प्रथम चरणको अडिसन सम्पन्न भएको छ । बिहिबार काठमाडौँको बानेश्वर स्थित होटल रानिमहलमा अडिसन सम्पन्न भएको हो ।सिरिजको दोश्रो चरणको अडिसन माघ ५ गते होटल रानिमहलमै हुने सिरिजका प्रोडक्सन म्यानेजर बिशाल प्याकुरेलले जानकारी दिए। उपत्यकाका बिभिन्न स्थानहरुमा छायाँकन हुने सिरिजका लागि अहिले कलाकारहरुको धमाधम खोजि भइरहेको छ ।
मनोबैज्ञानि एक्सन थ्रिलर कथामा बन्न लागेको सिरिजमा अर्जुन खड्काको लगानि रहने छ । सिरिजको छायाँकन माघको दोश्रो साताबाट हुने म्यानेजर प्याकुरेलले बताए ।
No comments:
Post a Comment